तीजः असली अर्थ र सदुपयोगिता

तीजलाई यसरी उत्सव बनाऔँ की, तीजमा लिईने व्रत र आध्यात्मिक गतिविधिहरूले हामीलाई भौतिक संसारको क्षणभंगुरता बुझेर आत्मिक शान्ति र सत्यको खोजीमा लाग्न प्रेरित गरोस् । आत्मचिन्तन गरी आफ्‍नो वास्तविक स्वरूपलाई बुझ्‍ने अवसर मिलोस् ।

तीज’ शब्द संस्कृतको ‘तृतीया’ बाट आएको हो, जसको अर्थ चन्द्रमासको तेस्रो दिन भन्ने बुझिन्छ। यसलाई ‘हरितालिका तीज’ पनि भनिन्छ, जहाँ ‘हरित’ को अर्थ ‘हरण’ र ‘आलिका’ को अर्थ ‘सखी’ ले गरेको भन्ने बुझिन्छ। पौराणिक कथाअनुसार, माता पार्वतीले भगवान शिव अर्थात परमसत्यलाई जान्‍न तपस्या गरेकी थिइन् । रियालिटी रिलाईज गर्नका लागि जसरी पार्वतीले तपस्या गरेकी थिईन् त्यसैगरि हामीले पनि सत्य जान्‍नका लागि हदैसम्मको कोशिस गर्नुपर्दछ भन्‍ने मुख्य सिकाई हो । तीजलाई परम्परा धान्नु वा कर्मकाण्डको रुपमा लिनु भनेको पाखण्डपन हो । 

खास शिक्षा अनुसार व्रतलाई विभिन्‍न भागमा बाँडिएको छ,

विचार व्रत : हप्तामा एकदिन पूर्ण मौनाता पालना गरी मुख बन्द र विचार बन्दकोअभ्यास गर्नुहोस् ।

भावना व्रत : हप्तामा एकदिन आफ्ना भावनाहरुलाई प्रतिक्रियामा बदल्न नदिने अभ्यास गर्नुहोस् ।

काम व्रत : अर्धमासिक तथा मासिक रुपमा एकदिन कुनैपनि काम नगरी गरिरहेको कामको समिक्षा गर्नुहोस्।

खानपीन व्रत : हप्तामा एकदिन खानपीन नखाएर रहने अभ्यास गर्नुहोस् ।

तीजको दुरुपयोग :

तीजको वास्तविक ईतिहास र अर्थ नबुझी कुसंस्कार बनाउँदै लगिएको कुरा यथार्थ हो । रिल संसारमा हरेक व्यक्तिले जुनसुकै कुराको पनि दुरुपयोग गर्दछ ।

क) देखासिकी र आर्थिक भार : आजभोलि तीज भन्नासाथ दरखाने, गरगहना लगाउने, महँगा कपडा किन्ने र सामाजिक सञ्जालमा देखासिकी गर्ने प्रवृत्तिको विकास भएको छ। यसले पर्वको आध्यात्मिक र सामाजिक महत्वलाई ओझेलमा पारेको छ। तीजको नाममा अनावश्यक खर्च गर्ने, ऋण काढ्ने र सामाजिक प्रतिष्ठाका लागि प्रतिस्पर्धा गर्ने प्रवृत्ति बढ्दै गएको छ, जसले वास्तविक खुसी र आत्मसन्तुष्टिभन्दा बाह्य प्रदर्शनलाई प्राथमिकता दिएको देखिन्छ। फाईनान्सियल फ्रिडमको सट्टा आर्थिक भार बढ्छ।

ख) ‘रिल’ लाईफको प्रभाव : आजको डिजिटल युगमा, तीजको अनुभव ‘रिल’ लाईफमा बढी देखिन थालेको छ। सामाजिक सञ्जालमा सुन्दर तस्बिर र भिडियोहरू पोस्ट गर्ने, ‘लाइक’ र ‘कमेन्ट’ को पछि लाग्ने प्रवृत्तिले वास्तविक सम्बन्ध र भित्री खुसीभन्दा ‘वेहोसी’ को संसारमा धकेलेको छ। यसले ‘रियल’ लाईफको आनन्दलाई कम गर्छ र ‘फेम फ्रिडम’ को गलत व्याख्यालाई बढावा दिन्छ।

ग) शारीरिक र मानसिक तनाव : अनावश्यकरूपमा लामो समय व्रत बस्ने, पर्याप्त आराम नगर्ने र शरीरलाई कष्ट दिने प्रवृत्तिका कारण ‘हेल्थ फ्रिडम’ मा बाधा पुग्छ। व्रतको वास्तविक उद्देश्य आत्मिक शुद्धीकरण हो भन्ने बिर्सेर शारीरिक तनाव मात्र लिने गरिन्छ। अत्यधिक दर खाने र भोजभतेरमा अनावश्यक रूपमा संलग्न हुने कार्यले पनि स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ। खास शिक्षा अनुसार, यस्ता बाह्य देखासिकी भन्दा आन्तरिक शुद्धीकरण र आत्मिक विकासमा जोड दिन्छ। यसले नारीलाई आत्मिक रूपमा बलियो बनाउँदै वास्तविक स्वतन्त्रतातर्फ डोर्याउन प्रेरित गर्दछ।

तीजको सदुपयोगिता :

तीजलाई सेभेन स्टार लाईफ बाँच्‍नका लागि शुरुवात गर्ने दिनका रुपमा मनाउन सक्‍नु नै तीजको सदुपयोगिता हो ।

क) रियालिटी रिलाइज (Reality Realize):

परम सत्यलाई जान्‍नु अर्थात आत्मबोध गर्नु नै रियालिटी रिलाइज हो ।

  • अभ्यास: शिव अर्थात परमसत्यलाई जान्‍नका लागि ध्यान दिन शुरु गर्नुहोस् । ध्यान गर्ने होईन, ध्यान दिने हो । शुरुवात शारिरीक क्रिया (श्‍वासप्रश्वास, रगत प्रवाह, मुटु तथा अन्य अंगहरुको चाल) मा ध्यान दिनुहोस्, त्यसपछि आफ्ना भावनाहरुमा ध्यान दिनुहोस् अनि आफ्‍ना विचारमाथि ध्यान दिनुहोस् । ध्यान दिँदा आफ्‍नो व्यक्तिगत धारणा उपस्थित हुनुहुँदैन । विना कुनै प्रतिक्रिया ध्यान मात्र दिनुपर्दछ । राम्रो र नराम्रो, सही र गलत, आहा र छिःछि यी दुवै प्रतिक्रियामा तटस्थ हुनुपर्दछ । कुनै नाम र अर्थ विना कुनैपनि कुरामा ध्यान दिनु नै असली ध्यान हो ।

ख) ह्यूमानिटी फ्रिडम (Humanity Freedom):

आनन्दित जीवनका लागि मानवीय गुणहरु भएको तर दानवीय खोलहरु नभएको अवस्था नै ह्यूमानिटी फ्रिडम हो ।

  • अभ्यास: तीजको अवसरमा लैङ्गिक र धार्मिक खोल च्यात्‍ने अभ्यास गरौँ । तीजलाई यदि हिन्दुहरु र महिलाहरुको मात्र पर्व भनेर भनियो भने यो धार्मिक र लैङ्गिक विभेद हुन जान्छ । शिवलाई परमसत्य अर्थात रियालिटीको प्रतिक रुपमा बुझ्‍नुपर्दछ । रियालिटी रिलाईज गर्ने अवसर र आवश्यकता संसारका ८ अर्ब मानवलाई छ । यो तीजको अवसर सीमित लिङ्ग र धार्मिक संगठन भनिने व्यक्तिलाई होईन । वास्तविक धर्म जानेपछि कुनै धर्म संगठनको सदस्य हुनुपर्दैन र महिला र पुरुष भनिनुअघि हामी मान्छे हौँ, आजलाई यत्ति कुरा जाने पुग्छ ।

ग) ह्याप्पीनेस फ्रिडम (Happiness Freedom):

आनन्दित जीवनका लागि Pain & Pleasure को अस्थायीत्व बुझेको र ह्याप्पी हर्मोन बाधक नभई सहयोगी भएको अवस्था नै ह्याप्पीनेस फ्रिडम हो ।

  • अभ्यास: तीजको अवसरमा No Cost मा Happy Hormone उत्पन्‍न गर्ने अभ्यास गर्नुपर्छ । परिवारजनमा भजन कृतन गरी नाँचगान गर्न सकिन्छ । प्रकृतिको काखमा समय विताउन सकिन्छ । ध्यान र प्रणायामले पनि ह्याप्पी हर्मोन उत्पन्‍न गर्दछ । साथै यस अवसरमा “धन्यवाद” दिने अभ्यास शुरु गर्न सकिन्छ ।

घ) हेल्थ फ्रिडम (Health Freedom):

आनन्दित जीवनमा लागि स्वस्थ जीवनशैली भएको तर कुनैपनि रोग बाधक नभएको अवस्था नै हेल्थ फ्रिडम हो ।

  • अभ्यास: तीजको अवसरमा हप्तामा एकदिन २४ घण्टाको उपवास बस्‍ने शुरुवात गर्नुहोस् । दैनिक योगानासन, प्रणायाम र व्यायाम गर्ने शुरुवात गर्नुहोस् ।

ङ) फेमली फ्रिडम (Family Freedom):

आनन्दित जीवनका लागि परिवार बाधक नभई सहयोगी भएको अवस्था नै फेमली फ्रिडम हो ।

  • अभ्यास: नजिक रहेका परिवारजनसँग भेटेर र टाढा रहेका परिवारजनसँग अनलाईन मार्फत सेभेन स्टार लाईफको बारेमा छलफल गर्नुहोस् । दुःखबाट मुक्तिको कुरा गर्नुहोस्, मान्छे बन्‍ने कुरा गर्नुहोस्, एकअर्कोलाई सेभेन स्टार लाईफ बाँच्‍न सघाउने र बाधक नबन्‍ने प्रतिज्ञा गर्नुहोस् ।

च) फेम फ्रिडम (Fame Freedom):

आनन्दित जीवनका लागि काम र नाम बाधक नभई सहयोगी भएको अवस्था नै फेम फ्रिडम हो ।

  • अभ्यास: तपाईले गरिरहेको कामको समिक्षा गर्नुहोस् । के तपाईले निष्काम गरिरहनुभएको छ? आफैलाई प्रश्‍न गर्नुहोस् । यदि निष्काम गरिरहनुभएको छैन भने तीजको अवसरबाट सच्चिएर निष्काम गर्ने प्रण गर्नुहोस् ।

छ) फाईनान्सियल फ्रिडम (Financial Freedom):

आनन्दित जीवनका लागि पैसा बाधक नभई सहयोगी भएको अवस्था नै फाइनान्सियल फ्रिडम हो ।

  • अभ्यास: तीजको अवसरमा फाइनान्सियल फ्रिडमका लागि Low Cost वाला जीवनशैली डिजाईन गर्नुहोस् । आफ्नो जीवनशैलीलाई नियाल्‍नुहोस्, यदि तपाईले Low Cost वाला जीवन बाँचिरहनु भएको छैन भने शुरुवात गर्नुहोस् । यदि हामीले बाँच्‍नुपर्ने जीवन बाँच्‍न थाल्‍यौँ भने खर्च घटाउनै पर्दैन, आफै घट्छ । नानाथरीका तडकभडक त वेहोसीका प्रतिफल हुन् ।
निष्कर्ष

अन्तमा, सेभेन स्टार लाईफ बाँच्‍नका लागि तीजलाई रियालिटी रिलाइज, ह्यूमानिटी फ्रिडम, ह्याप्पीनेस फ्रिडम, हेल्थ फ्रिडम, फेमली फ्रिडम, फेम फ्रिडम र फाईनान्सियल फ्रिडम प्राप्त गर्ने एक महत्वपूर्ण अवसरका रूपमा लिनु पर्दछ । हरेक वर्ष आउने यो पर्वले हामीलाई आफ्नो जीवनलाई समीक्षा गर्दै सेभेन स्टार लाईफतर्फ अघि बढ्ने प्रेरणा प्रदान गरोस्।

– खास शिक्षा

Spread the love
Scroll to Top
agb99 sbobet Hacklinkhub.io / Web site SEO BACKLINK PLATFORM meritking grandpashabet casibom jojobet holiganbet betgaranti grandpashabet Holiganbet giriş Holiganbet Meritking Giriş kavbet Holiganbet meritking Madridbet giriş Madridbet jojobet giriş Jojobet holiganbet betgit marsbahis betgit megabahis betgit mariobet betgit marsbahis megabahis mariobet